२२ असार २०८३, सोमबार

हुम्लामा प्रेसर कुकर पड्किँदा १ जना गम्भीर घाइते

मंसिर १६, २०७७
हुम्लामा प्रेसर कुकर पड्किँदा १ जना गम्भीर घाइते
सन्दर्भ तस्बिर

हुम्लामा मंगलबार साँझ खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा एक जना घाइते भएका छन् । जिल्लाको अदानचुली ३ का देउलु रोकाया गम्भीर घाइते भएका हुन् । रोकायाको टाउकोमा गम्भीर चोट लागेको उनका छोरा निर्प रोकायाले जानकारी दिए ।
उनलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि बाजुराको धुलाचौर लगिएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।
त्यहाँबाट बुधबार बिहानै बाजुराको कोल्टी विमानस्थलबाट सुर्खेत वा नेपालगञ्ज लगिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्