२२ असार २०८३, सोमबार

के कुराले दुखायो अमिताभको मन ?

मंसिर १८, २०७७
के कुराले दुखायो अमिताभको मन ?

बलिउडका महानायक अमिताभ बच्चन ३ दशकदेखि चलचित्र उद्योगमा सक्रिय छन् । 

अमिताभका कतिपय चलचित्र ‘सुपरहिट’ छन्, कतिपय चलचित्र व्यावसायिक रूपमा असफल छन् ।

यहाँनेर अमिताभका कुन चलचित्र ‘हिट’ भए, कुन ‘फ्लप’ भन्ने विषयमा चर्चा गर्न लागिएको छैन । विषयवस्तु अर्कै छ । अमिताभले आफ्नै विगत सम्झिएर मन दुखाएका छन् ।

बच्चनले आफ्नो एउटा चलचित्रको तस्वीर शेयर गरेका छन्, जुन चलचित्र कहिल्यै निर्माण सम्पन्न हुन सकेन । अमिताभले जुन तस्वीर शेयर गरेका छन्, तस्वीरमा उनी जवान तर रिसाह युवाको भूमिकामा रहेको देख्न सकिन्छ । ज्याकेट र जिन्स पाइन्टमा उनी देखिएका छन् । हात र पन्जामा पेस्तोल झुण्डिएको छ । यो तस्वीर शेयर गर्दै अमिताभले लेखेका छन्, ‘एक फिल्म जो कभि नही बनी’ ।

फोटोशूट पनि भएको, टाइटल पनि मिलेको, स्टाइलिस्ट पनि देखिएको तर चलचित्र नबनेको उनले उल्लेख गरेका छन् । पोस्टमा अमिताभलाई सुभचिन्तकले सान्त्वना दिइरहेका छन् । धेरै वर्ष पुरानो यथार्थ कहानीबारे अमिताभले धेरै बोलेका छैनन् । उनले पोस्टमा चलचित्रको नाम के थियो, कुन निर्देशक थिए भन्ने समेत खुलाएका छैनन् ।

अमिताभ ब्रह्मास्त्र, झुण्ड, चेहरे तथा बटरफ्लाइ लगायका चलचित्रमा उनलाई छिट्टै देख्न पाइने छ । हाल उनी आफ्नो लोकप्रिय क्विज शो कौन बनेगा करोडपतिको १२ औं सिजनमा व्यस्त छन् ।

salt training

कमेन्ट गर्नुहोस्