
विपी स्वास्थ्य विज्ञान प्रतिनष्ठान धरानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
झापाको विर्तामोड–७ घर भएकी ४५ वर्षीया महिलालाई १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोही दिन वीपी प्रतिष्ठानमा भर्ना भएकी उनको आज बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मुगुसमस्या समस्या रहेकी उनको उपचारका क्रममा आज बिहान साढे १२ बजेतिर मृत्यु भएको हो ।
शव व्यवस्थापनका लागि समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ ।