२२ असार २०८३, सोमबार

काठमाडौंका नगरपालिकाहरुमा कुन पार्टीले कति भोट ल्याए ?

कात्तिक २०, २०७४
काठमाडौंका नगरपालिकाहरुमा कुन पार्टीले कति भोट ल्याए ?

काठमाडौं, १ जेठ– काठमाडौंको विभिन्न नगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस ४ स्थानमा अगाडि हुँदा नेकपा एमाले २ स्थानमा अगाडि छ त्यस्तै माओवादी केन्द्र १ स्थानमा अगाडि छन् ।

काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसमा मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले ३७२ मत ल्याएका छन् भने एमालेका कृष्णहरि थापाले २१५ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका कृष्णहरी फुयाँलले १४४ मत ल्याएका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा माओवादी केन्द्रका श्रकिृष्ण श्रेष्ठ अगाडि छन् । त्यस्तै नेपाली कांग्रेसले ४६६ मत पाएका छन् ।

टोखा नगरपालिकामा नेपाली कांग्रेसका हरिहर अधिकारीले ४३९ मतका साथ अग्रता लिएका छन् भने उनलाई एमालेका प्रकाश अधिकारीले ४२८ मतका साथ पछ्याइरहेका छन् ।

काठमाडौंको तार्केश्वरमा नेपाली कांग्रेसका श्रीराम थापाले १२० मत ल्याएका छन् भने एमालेका रामकृष्ण बोहराले ११५ मत ल्याएका छन् ।

दक्षिणकाली नगरपालिकामा एमालेका शशि शर्मा अर्यालले २७१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका मोहन वस्नेतले १२३ मत ल्याएका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका राजु श्रेष्ठले ४१० मत ल्याएका छन् भने एमालेका उद्धव खरेलले १५६ मत ल्याएका छन् ।

काठमाडौंको शंखरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठले १८७ मत ल्याएका छन् भने माओवादी केन्द्रका कृष्णराज सुवेदी १३८ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्