२९ असार २०८३, सोमबार

तारकेश्वर नगरपालिकामा कोरोना सङ्क्रमितलाई ५ हजार दिइने

मंसिर २२, २०७७
तारकेश्वर नगरपालिकामा कोरोना सङ्क्रमितलाई ५ हजार दिइने

तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो । 

कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।

हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष  छन् ।

निको हुनेको सङ्ख्या एक हजार ८२९  छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्