
सुबिसु केबलनेट प्रा. लि.ले ५जीएसजेड डुअल ब्यान्ड राउटरसहितकोसेवा सार्वजनिक गरेको छ ।
यस अघि २.४ जीएचजेड सेवा दिदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ ५ जी सेवा सुरु गरेको हो ।
इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले ५जीएसजेड डुअल ब्यान्ड राउटरसहितको सेवा सुरु गरेको हो । यो राउटरको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाइ कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरिय बनाउनेछ ।
ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।