
मोरङमा एक जनाको गोली हानी हत्या भएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका– १ का सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए ।
प्रहरी कार्यालय भएको ठाउँदेखि केही लामो दूरीमा पर्ने भएकाले प्रहरी जान अझै एक घण्टा लाग्ने र त्यसपछि मात्र घटनाको विस्तृत विवरण आउने एसपी खड्काले लोकान्तरलाई बताए ।
एसपी खड्काका अनुसार गोली हानेर हत्या भएको आफन्तले जानकारी दिएका थिए ।
‘कसले किन गोली हान्यो, अहिले भन्न सकिँदैन । प्रहरी टोली जाँदैछ, त्यसपछि थप विवरण आउँला,’ एसपी खड्काले भने ।
श्रेष्ठलाई विहान ५ बजे अज्ञात समूहले अपहरण गरेको मिक्लाुजङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार विहान अपहरण भएको खबर पाएपछि स्थानीयले खोजी गर्दा नजिकैको जङ्गलमा मृत्त अवस्थामा फेला परेका थिए ।