![समुन्द्रमा मस्त पौडिइन् सोनाक्षी, र भनिन् – सोना जलकी रानी है... [तस्वीरसहित]](https://lktcdn2.prixacdn.net/media/sonakshi-sinha_BMS0FdZSFF.jpg)
बलिउड नायिका सोनाक्षी सिन्हा केही समयअघि माल्दिभ्समा बिदा मनाउनका लागि गएकी थिइन् ।
बिदाको समयमा उनले निकै इन्जोई गरेकी छन् ।
उनी अहिले आफ्नो घरमा फर्किसकेकी छिन् । यद्यपी बिनाको समयमा गरेको मनोरञ्जनलाई भने भुलेकी छैनन् ।

उनले माल्दिभ्समा खिचिएको थुप्रै तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्न थालेकी छिन् ।
जसमध्ये पछिल्लो पटक शेयर भएको तस्वीरले धेरैको ध्यान खिचेको छ ।
उनले यस्तो तस्वीर शेयर गरेकी छिन्, जसमा उनी समुन्द्रमा माछा तैरिए जस्तो गरी तैरिएकी छिन् ।
सोनाक्षीको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनको फ्यानहरूले यस तस्वीरमा निकै प्रतिक्रिया दिइरहेका छन् ।

कसैले सोनाक्षीलाई जलपरी बताइरहेका छन् भने कसैले राम्रो पौडिने ।
उनी आफैंले भने यस तस्वीरलाई ‘आफू जलकी रानी’ भएको बताएकी छिन् । उनले लेखेकी छिन्,‘सोना जलकी रानी है...जीवन उसका पानी है ।
सोना जल कि रानी है... जीवन उसका पानी है ❤️ #sundaystateofmind
Posted by Sonakshi Sinha on Sunday, December 6, 2020