२९ असार २०८३, सोमबार

जनकपुर विमानस्थलको टर्मिनल भवन सञ्चालनमा

मंसिर २३, २०७७
जनकपुर विमानस्थलको टर्मिनल भवन सञ्चालनमा

जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गरेका छन् । 

उद्घाटनसँगै विमानस्थलको टर्मिनल भवन औपचारिक रुपमा सञ्चालनमा आएको हो । मंगलबार आयोजित एक कार्यक्रमकाबीच उनले नयाँ टर्मिनल भवनको उद्घाटन गरेका हुन् । 

नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ स्थल फराकिलो बनाइको छ । यस्तै बारुण यन्त्र र एक्सरे मेसिन समेत तयारी अवस्थामा राखिएको छ । 

विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पना अनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको हो ।

टर्मिनल भवन उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोको पनि सहभागीता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्