पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मंसिर २४, २०७७
हिंसाले राष्ट्र वा समाजको आत्मालाई अपाङ्ग बनाउँछ भने भ्रष्टाचारले समाज वा राष्ट्रको आत्मा नै मारिदिन्छ । तर पनि भ्रष्टाचार सर्वव्यापक छ । भ्रष्टाचारले कुनै एक क्षेत्र वा मुलुकमात्र आक्रान्त नभई समग्र विश्व नै आक्रान्त छ । यसरी नै भ्रष्टाचारले नछोएको क्षेत्र पाउन कठिन छ । प्रशासनिक, राजनैतिक, वा वित्तिय क्षेत्र लगायतका क्षेत्रमा विश्वव्यापी रूपमा नै भ्रष्टाचार व्याप्त रहेको छ । जुनसुकै क्षेत्रको भ्रष्टाचार भएपनि यसले सामाजिक स्थायित्व र सुरक्षामा गम्भीर समस्या उत्पन्न गराउँछ, प्रजातान्त्रिक र नैतिक मूल्यमान्यताप्रति उपेक्षा गराउँछ, तथा दिगो विकास, न्याय, समानता, मानव अधिकार र कानूनको शासनप्रति खतरा उत्पन्न समेत गराउने भएकाले यसको नियन्त्रण अनिवार्य छ ।
भ्रष्टाचार विश्वव्यापी समस्या हो । पूर्ण रूपमा भ्रष्टाचारमुक्त समाज ,राष्ट्र तथा संस्था पाउन कठीन छ । यसैले भ्रष्टाचारको कुनै सिमाना नभई यो सर्वव्यापक छ भनिन्छ । भ्रष्टाचारलाई हेर्ने दृष्टिकोण हिजो जस्तो थियो आज परिवर्तन भएको छ । सन् १९९० को दशकसम्म भ्रष्टाचार अन्तर्राष्ट्रिय र कूटनीतिक तहमा छलफलमा नल्याई देशभित्रकै विषय मात्र मानिन्थ्यो तर अहिले विश्वमै यो समस्या अन्तर्राष्ट्रिय समस्याको रूपमा लिई अन्तर्राष्ट्रिय स्तरमा छलफल, चासो र चिन्ताको विषय बन्न पुगेको छ ।
हिजोका दिनहरूमा भ्रष्टाचारलाई केबल शासकीय समस्याको रूपमा मात्र लिई भ्रष्टाचार नियन्त्रणमा सार्वजनिक अधिकारीको उत्तरदायित्व र जवाफदेहिता सिर्जनामा मात्र नीतिगत व्यवस्था केन्द्रित रहने गर्दथे । पछि भ्रष्टाचारलाई आर्थिक मुद्दाको रूपमा पनि लिन थालियो र हालका दिनमा भ्रष्टाचारले समाजको सामाजिक संरचनामा गम्भीर असर पार्दछ भन्ने तथ्यलाई मनन गर्न थालिएको छ । यसका साथै अहिले भ्रष्टाचार र मानव अधिकार अन्तरसम्बन्धित रहेकाले भ्रष्टाचार नियन्त्रणमा मानव अधिकारको पक्षलाई पनि आत्मसात गर्नुपर्ने धारणा पनि विकास भइरहेको छ । भ्रष्टाचार र मानव अधिकार अन्तरसम्बन्धित भएपनि यी दुई विषयलाई एकापसमा आवद्धित गरेर भर्खरै जस्तो हेर्न थालिएको छ । यथार्थमा राज्यले भ्रष्टाचार नियन्त्रण र मानव अधिकारको संरक्षणको पाटोलाई समानान्तर रूपमा आत्मसात गर्नुपर्छ ।
भ्रष्टाचारले नछुने मानवजीवनको कुनै क्षेत्र छैन । भ्रष्टाचारका धेरै प्रभावहरूमध्ये मानव अधिकारको उल्लंघन एक प्रमुख प्रभाव हो । भ्रष्टाचारले मानिसका नागरिक तथा राजनैतिक अधिकार एवं आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हनन् गर्छ, निर्वाध रूपमा यी अधिकारको उपभोगमा अवरोध पुर्याउँछ र अधिकारमा क्षति समेत पुर्याउँदछ । भ्रष्टाचार शान्ति, स्थायित्व, दीगो विकास, लोकतन्त्र र मानव अधिकारका लागि बाधकको रूपमा रहेको मानिन्छ ।
भ्रष्टाचारले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा मानव अधिकारमा असर पार्दछ । कतिपय अवस्थामा भ्रष्टाचारले मानव अधिकारमा प्रत्यक्ष प्रभाव पार्दछ । भ्रष्टाचारका कारण विकासका खर्च दुरूपयोग भई विकासको गति पछाडि धकेलिन्छ । यसले जनताका जीवनको सुरक्षा, रोजगारीका उपलब्धता जस्ता न्युनतम अधिकार हनन हुन पुग्छन् । यसैगरी, सामाजिक सुरक्षा जस्ता मानवजीवनका अति संवेदनशील कार्यमा हुने भ्रष्टाचारका कारण गरीब जनता झन् गरीब भई भोकमरी जस्ता समस्याबाट पीडित बन्ने कारुणिक अवस्था सिर्जना हुन्छन् । गरीब जनताको गाँसबास र कपासको चाहना मृगमरिची बन्न पुग्छ । भ्रष्टाचार एक तर यसका प्रत्यक्ष र अप्रत्यक्ष तथा दीर्घकालीन अनेक प्रभाव मानव अधिकारमा पर्दछन् ।
शिक्षामा भएको लगानी भ्रष्टाचारका कारण लक्षित वर्गसम्म पुग्न नसक्ने र विद्यार्थीहरू पाठ्यपुस्तक पनि नपाउने अवस्था सिर्जना हुन्छ । विद्यालयले राम्रो र गुणात्मक शिक्षा प्रदान गर्न नसक्ने स्थिति पनि पैदा हुन्छ । भ्रष्टाचारले असमानता र भेदभावलाई बढाउँछ । कमजोर वर्गलाई आय र आम्दानीको अवस्थाबाट वञ्चित गर्दछ, र नागरिकका नागरिक, राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको व्यवहारतः उपयोग हुन नसक्ने अवस्था सिर्जना गर्दछ । त्यसैले, मानव जीवन र मानव अधिकारका हरेक पहेलुहरूमा भ्रष्टाचारले नकारात्मक असर पुर्याउँछ ।
सबै नागरिकहरू कानूनका अगाडि समान हुन्छन् भन्ने मान्यता सरलरूपमा भनिने तर व्यवहारमा रूपान्तरित नहुने यथार्थता देखिएको छ । समानता र भेदभावको मान्यता मानव अधिकार विधिशास्त्रको आधारभूत मान्यता हुन् तर भ्रष्टाचारका कारण सार्वजनिक पदाधिकारीहरूले नागरिकहरूबीच असमान व्यवहार गरिरहेका हुन्छन् । घुस दिने व्यक्तिको पक्षमा पक्षपातपूर्ण व्यवहार भइरहेको हुन्छ ।
भ्रष्टाचारले थुपै असमानताजन्य स्थितिको सिर्जना गर्दछ । यसले विभेदको अवस्था सिर्जना गर्छ, नागरिकले पाउनु पर्ने सेवा र सुविधा पाउनबाट वञ्चित हुनुपर्ने अवस्था पनि उत्पन्न गराउँछ । अधिकारको उपभोगमा प्रतिबन्ध लाग्ने परिस्थिति पनि उपस्थित गराउँछ तथा असमानरूपमा कसैका पक्षमा प्राथमिकता पनि प्रदान गराउँछ जसले गर्दा नागरिक आफ्ना अधिकारको निर्बाध उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ ।
भ्रष्टाचारका कारण सरकारी अधिकारीले गर्ने निर्णय स्वच्छरूपमा नभई पैसा र शक्तिका आधारमा हुन्छन् । फलतः निर्णयहरू गर्दा आत्मसात गर्नुपर्ने न्याय, समानता, स्वच्छता जस्ता तत्व उपेक्षित हुन्छन् । यसले अन्नतः समानताको अधिकारलाई कुठाराघात गर्छ । कानूनको शासनको मर्मलाई तिलाञ्जली दिन्छ । नागरिक तथा राजनैतिक अधिकार विषयक अन्तर्राष्ट्रिय अनुबन्धलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजले निष्पक्ष सुनुवाईको अधिकारको प्रत्याभूति गरेका छन् । तर, भ्रष्टाचार भएमा व्यक्तिका निष्पक्ष सुनुवाइको अधिकार उल्लंघन गर्छ ।
कतिपय अवस्थामा भ्रष्टाचारले अप्रत्यक्ष रूपमा मानव अधिकारको उल्लंघन गरिरहेको हुन्छ । यस्तो अवस्थामा भ्रष्टाचारले प्रत्यक्षरूपमा मानव अधिकार उल्लंघन नगर्ने भए पनि भ्रष्टाचारजन्य कार्य मानव अधिकार उल्लंघनको कारण बनिरहेको हुन्छ । सोही जरियाबाट मानव अधिकार उल्लंघनमा मार्ग प्रशस्त भएको हुन्छ । उदाहरणका लागि यदि कुनै अधिकारीले रिस्वत लिएर विदेशबाट हानिकारक पदार्थ ल्याउन दिई आवास क्षेत्र नजिक राखियो भने त्यतिबेला अप्रत्यक्ष रूपमा रिस्वतका कारण त्यहाँका निवासीको जिउज्यानसम्बन्धी र स्वास्थ्यसम्बन्धी अधिकार हनन हुन पुग्दछ । कतिपय अवस्थामा भ्रष्टाचार मानव अधिकारको उल्लंघनको एक्लो कारण त हुँदैन तर अन्य कारणसँगै यसले पनि दिर्घकालीन भूमिका निर्वाह गरेको हुन्छ ।
कतिपय अवस्थामा भ्रष्टाचारका कारण मानव अधिकार उलंघन हुने कारण पनि बनिरहेको हुन्छ । उदाहरणका लागि यदि निर्वाचन प्रक्रियामा भ्रष्टाचार हुन्छ भने त्यसले निर्वाचन परिणाममा असर पर्दछ । जसका कारण प्रर्दशनहरू हुन्छन् र त्यसले हिंसाको रूप लिन पनि सक्छ । यसरी निर्वाचन प्रक्रियामा भ्रष्टाचारले राजनीतिक अधिकारमा प्रत्यक्ष प्रभाव त पारेकै हुन्छ त्यसका अतिरिक्त त्यसबाट सिर्जना हुने परिस्थितिले थप मानव अधिकारहरू उल्लघंन हुन मार्ग प्रशस्त गर्न पुग्छ । वास्तवमा भ्रष्टाचार मानव अधिकार उपयोगमा प्रमुख बाधकको रूपमा रहेको हुन्छ ।
मानव मर्यादा वा प्रतिष्ठा कायम गराउनका लागि मानव अधिकार अपरिहार्य हुन्छ । मानिसले समाजमा सम्मानित र प्रतिष्ठितरूपमा रहन पाउनुपर्छ । यसैले, यो मानव मात्रका लागि नभई नहुने कुरा हो । जहाँ मानव प्रतिष्ठा र सम्मान रहँदैन त्यहाँ मानव अधिकार छ भन्न सकिँदैन । मानिसको प्रतिष्ठा वा मानवको जीवनस्तर आर्थिक आधारमा मापन गर्न सकिन्छ भन्ने प्रायः धारणा रहेको देखिन्छ । तर, मानव प्रतिष्ठाको निर्धारणको तत्व आर्थिक पक्ष मात्र हुन सक्दैन । आर्थिक पक्ष एवं स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, खाद्यान्न र मताधिकार लगायतका विभिन्न विषय मानव प्रतिष्ठाका लागि आवश्यक हुन्छ । यसका लागि एउटा मानिस सम्मानित रूपमा बाँच्न जे जति विषय आवश्यक पर्छ ती सबै मानव प्रतिष्ठाका विषय हुन् । मानवले प्रतिष्ठित रूपमा समाजमा जीवनयापन गर्न पाउने कुरा मानव अधिकारको प्रत्याभूतिविना सम्भव हुदैन । तर, भ्रष्टाचारका कारण मानवीय मर्यादा कायम गर्ने कुरामा समेत असर पर्दछ र मानव मर्यादा कायम गर्ने मानव अधिकारको मर्ममा आघात पुग्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ को अक्टोबर ३१ मा भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय महासन्धि स्वीकार गरी डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेको थियो र तदनुरूप सो दिन यो दिवस मनाइन्छ । यसरी नै सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झनास्वरूप १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पनि मनाइन्छ । संयोगले यी दुवै दिवस एकदिनको फरकमा पर्दछन् ।
नेपाल भ्रष्टाचारको समस्याबाट आक्रान्त छ भन्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनकि गर्ने करप्सन पर्सेप्सन इन्डेक्समा नेपालको अंक प्रत्येक वर्ष १०० मा करीब ३० को हाराहारीमा रहने गरेकोबाट स्पस्ट रूपमा देखिन आएको छ । यस अवस्थामा नेपालमा पनि भ्रष्टाचारले मानव अधिकारको कार्यान्वयनमा नकारात्मक असर पर्नु स्वाभाविक हुन्छ । यसैले, भ्रष्टाचार नियन्त्रण र मानव अधिकार संरक्षण तथा सम्वर्द्धनको विषय राज्यको चासो र सरोकारको विषय हो । नेपालमा भ्रष्टाचार नियन्त्रण र मानव अधिकार संरक्षण गर्ने कार्य आमनागरिकले अनुभूत गर्नसक्ने तहमा हुन सकोस् भन्ने कामना र अपेक्षा गरौं ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...