१४ असार २०८३, आइतबार

अमेरिकामा लिली एस्केल्सेन जर्कियालाई शिक्षामन्त्री बनाउने तयारी

मंसिर २४, २०७७
अमेरिकामा  लिली एस्केल्सेन जर्कियालाई शिक्षामन्त्री बनाउने तयारी

अमेरिकाको नयाँ शिक्षामन्त्रीका रूपमा मुलुकको सबैभन्दा ठूलो शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने तयारी गरिएको छ ।

    राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले राष्ट्रिय शिक्षा सङ्घकी अध्यक्ष लिली एस्केल्सेन जर्कियालाई आफ्नो मन्त्रिपरिषद्मा शिक्षा मन्त्रालयको जिम्मेवारी दिन लाग्नुभएको हो ।

    उहाँ गत सेप्टेम्बरसम्म पनि सो सङ्गठनको प्रमुखका रूपमा क्रियाशील हुनुहुन्थ्यो । निर्वाचनका बेला उहाँले वाइडेनलाई विशेष सहयोग गर्नुभएको थियो । उहाँका कारणले बाइडेनलाई पूर्व शिक्षामन्त्री तथा सिनेटको शिक्षा समितिको अध्यक्ष भएका लामर एलेक्जन्डरलगायत धेरैको भोट आएको विश्वास पनि गर्ने गरिएको छ ।

    आफूलाई शिक्षामन्त्रीमा नियुक्त गर्न लागिएको बारेमा भने उहाँले अहिलेसम्म कुनै प्रतिक्रिया नदिनु भएको समाचारमा जनाइएको छ ।

    शिक्षा क्षेत्रका बारेमा धेरै ज्ञान भएको र सम्बन्ध पनि धेरै तिर राम्रो भएकाले उहाँलाई शिक्षामन्त्री बनाउन उपयुक्त हुने सुझावहरू बाइडेनलाई आएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्