२२ असार २०८३, सोमबार

गृहमन्त्रीमाथि गगन थापाको ‘हमला’ : अंग्रेजी नजान्ने नागरिक नै होइन ?

मंसिर २६, २०७७
गृहमन्त्रीमाथि गगन थापाको ‘हमला’ : अंग्रेजी नजान्ने नागरिक नै होइन ?

सरकारले भिजिट भिषामा विदेश जानेहरुका लागि अंग्रेजी जान्नैपर्ने व्यवस्था गर्न लागेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
सो पार्टीका प्रभावशाली नेता गगन थापाले भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने सरकारले शैक्षिक प्रमाणपत्र र अंग्रेजीको नियम ल्याएर नागरिकको खिसिटिउरी गर्न खोजेको आरोप लगाएका छन् ।
‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ? अंग्रेजी नजान्ने नागरिक नै हैन ? नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि ? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो ?’ थापाले प्रश्न गरेका छन् ।

सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्न लागेको छ ।  भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्