०७ साउन २०८३, बिहीबार

कपाल झर्छ, यस्तो उपाय अपनाउनुहोस्

कपाल झर्छ, यस्तो उपाय अपनाउनुहोस्

कपाल झर्नु आम समस्या बनिसकेको छ । यो यस्तो समस्या कुनै पनि उमेरका मान्छेलाई हुन सक्छ । बजारमा कैयौं औषधिहरु पनि उत्पादन नभएका होइनन् । उनीहरुले यो समस्याबाट पार लाउन आफ्नो औषधिले उत्कृष्ट काम गर्ने दाबी गर्दै आएका छन् । 

उद्यपि यी उत्पादनको साइड इफेक्ट हुने सम्भावना पनि हुन्छ । यस्तोमा घरेलु उपाय अपनाउनु सबैभन्दा बुद्धिमानी हुन्छ । 

कपालमा तेल मालिस 

आफ्नो कपाल गुम्ने खतरा कम गर्न पहिलो कदमका रुपमा तपाई तेलले कपालमा मालिस गर्नुपर्दछ । 

कपाल र टाउकोमा उचित मालिस गरिसकेपछि कपालमा रोमरक्त प्रवाह बढ्छ । तपाइँको कपाल जरासम्म मजबुत बन्छ । 

यसले तपाइँलाई आराम लिन र तनाव कम गर्नका लागि पनि सहयोग गर्दछ । 

प्याजको रस 

आफ्नो टाउकोमा लशुनको रस, प्याजको रस वा अदुवाको रस लगाएर मसाज गर्नुहोस् । यस प्रक्रियालाई सुत्नुभन्दा पहिला गर्ने र बिहान राम्रो तरिकाले धुने गर्नुहोस् । 

प्याजको रसमा सल्फरको मात्रा बाढी हुन्छ । यसले टिशुमा रहेको कोलाजेन उत्पादनलाई सहयोग गर्दछ । कपाल झर्ने समस्या भएकालाई प्याजको रस अधिक उपयुक्त हुन्छ । 

मेथीको पाउडर 

मेथीको पाउडरले पनि कपाल झर्न रोकछ । यसको पेस्ट बनाएर लगाउने र केही समयपछि सुकाएर सादा पानीले धुनुपर्दछ । यसको नियमित प्रयोगले कपाल झर्न निकै कम हुन्छ । 

अमला 

कपालको प्राकृतिक र तिव्र गतिमा विकासका लागि अमलाको उपयोग सबैभन्दा प्रभावकारी मानिन्छ ।

अमलामा भिटामिन सी प्रचुर मात्रामा हुन्छ । शरीरमा भिटामिन सीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । 

एलोभेरा 

एलोभेरामा इन्जाइम हुन्छ । जसले कपाललाई स्वस्थ राख्न र विकासका लागि सहयोग गर्दछ । यसका साथै अल्कलाइन गुणका कारण यसले कपालको पिएचलाई सही तरिकाले राख्न पनि सहयोग गर्दछ । 
 

salt training

कमेन्ट गर्नुहोस्