
माछापुच्छ्रे बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभा मिति २०७७ साल पुष २ गते बिहिवार सम्पन्न भएको छ ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, साधारणसभाबाट माछापुच्छ्रे बैंक लि. सर्वसाधारण सेयर धनी समूहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।
साथै बैंकले २२ औँ साधारण सभा समाप्त गरे संगै बिहीवारबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्न शुरू गरिसकेको जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैया तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैया सञ्चित छ ।