
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट्दा पुच्छर भएभन्नेहरू अब चुप लाग्ने कि नलाग्ने भन्दै प्रश्न गरेका छन् ।
शनिवार बिहान प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड निवास खुमलटारमै गएर प्रचण्डलाई भेटेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो भएको बताउँदै सहमति नभए विधिबाट समाधान खोज्नुपर्ने समेत बताएका छन् ।
शनिवार बिहार प्रधानमन्त्री ओलीले प्रचण्डसँग भेटवार्ता गरेपछि गृहमन्त्री राम बहादुर थापा 'बादल'सँग पुल्चोकस्थित मन्त्रीनिवासमा गई भेटवार्ता गरेका थिए ।
यस्तो छ उनको ट्वीट
बिहान प्रमं केपि ओलीजी,प्रचण्डजीसंग कुरा गर्न खुमलटार जानुभएछ।वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ।हामीले खुमलटारमा प्रचण्डजीसंग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि?
नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो।सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।— Bhim Rawal, PhD (@BhimRawal179) December 19, 2020