३० असार २०८३, मंगलबार

लोकतन्त्र र संविधानको रक्षाका लागि दलहरु मिलेर अघि बढ्नुपर्छ : डा. कोइराला

लोकतन्त्र र संविधानको रक्षाका लागि दलहरु मिलेर अघि बढ्नुपर्छ : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटन कांग्रेसलाई मान्य नहुने बताएका छन् ।

प्रेस युनियन मोरङले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले ‘संसद् विघटनको कदम असंवैधानिक हो’ भने ।

उनले प्रधानमन्त्रीलाई संविधानको कुनै पनि धारामा संसद् विघटन गर्ने अधिकार नभएको दावी गरे ।

संसद् विघटनको कदमले लोकतन्त्र विरोधीलाई बल पुुगेको भन्दै केन्द्रीय सदस्य कोइरालाले सबै राजनीतिक दल विरोधमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, “लोकतन्त्र र संविधानको रक्षाका लागि दलहरु मिलेर अघि बढ्नुपर्छ ।”
 

salt training

कमेन्ट गर्नुहोस्