
कोरोनाभाइरसविरुद्धको खोप बनाइरहेका रुसी वैज्ञानिक अलेक्जेन्डर साशा कागान्स्कीको हत्या गरिएको छ ।
उनी १४ तल्लामा रहेको फ्ल्याटबाट खसेका थिए र उनको शरीरमा चक्कु हानेको घाउहरू पनि थिए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
घटना हुँदा कागान्स्की भित्री वस्त्रमा मात्र रहेको बताइएको छ ।
उनले कोरोनाको कुन खोपमा काम गरेको भन्ने स्पष्ट भएको छैन ।