३० असार २०८३, मंगलबार

सोनाक्षीको ‘फलेन’ मैदानमा

पुस ७, २०७७
सोनाक्षीको ‘फलेन’ मैदानमा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आइतबार अमेजन प्राइम भिडियोको सिरिजका लागि सुटिङ सुरु गरेकी छन्। यो सिरिजको निर्देशन फिल्मकार रीमा कागतीले गर्दैछिन्। 

सिरिजको नाम ‘फलेन’ राखिएको छ। यसको सुटिङ कोरोना भाइरसका कारण मार्चबाट रोकिएको थियो। यो सिरिजको प्रसारण नयाँ वर्षको सुरुबाट नै हुनुपर्ने थियो। सोनाक्षीले इन्स्टाग्राममा दक्षिण मुम्बईको सेटबाट स्टोरी सेयर गरेकी छन्।

सोनाक्षीले भनिन्, ‘अमेजन प्राइम भिडियोको सिरिजका लागि आजबाट सुटिङ सुरु गरेकी छु। 

लकडाउनपछि सेटमा यो मेरो पहिलो दिन हो। म अहिले कस्तो महसुस गरिरहेकी छु भनेर बताउन सक्ने अवस्थामा छैन।’ 

अर्को एउटा स्टोरीमा सोनाक्षीले अर्को भिडियो पनि पोस्ट गरेकी छन् जसमा उनको पूरै टिम छ। सोनाक्षीको वेब सिरिज ‘फलेन’ मा गुलसन देवय्या, विजय बर्मा र सोहन शाह छन्। 

यो सिरिजबाट सिन्हा डिजिटल मनोरञ्जनको क्षेत्रमा कदम राख्दै छिन्। यसका साथै सोनाक्षी ‘भुजः द प्राइड अफ इन्डिया’ मापनि देखिने छिन्। उनको यो  फिल्म अभिषेक दुधैयाले निर्देशन गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्