१४ असार २०८३, आइतबार

गर्भवती पत्नीलाई पतिको धोकाबारे थाहा भएपछि...

पुस ८, २०७७
गर्भवती पत्नीलाई पतिको धोकाबारे थाहा भएपछि...

अस्ट्रेलियाकी एक महिलाले रिलेशनसिप पोर्टलमा आफ्नो पीडा शेयर गर्दै आफ्ना पतिले कसरी धोका दिए भन्ने बारे जानकारी दिएकी छन् ।

साथै आफ्ना पतिको अफेयरबारे आफूलाई कसरी जानकारी भयो भन्ने पनि बताएकी छन् । महिलाले आफ्नो पतिलाई रंगेहात पक्राउ गरेको र पछि पुनः मिलन भएको कहानी बताएकी छन् ।

उनले आफ्नो विवाहको १४ वर्ष भएको दुई बच्चा रहेको पनि पोर्टलमा जानकारी दिएकी छन् । महिलाका पतिले त्यतिबेला धोका दिए, जब उनी गर्भवती थिइन् । 

उनले लेखेकी छन्, ‘जब म दोस्रोपटक आमा बन्दै थिएँ । तब मेरा पति जेम्सका साथ मेरो सम्बन्ध बदलिन लागेको थियो । उसको व्यवहारमा परिवर्तन आउन थाल्याे । जेम्स अकसर कामले बाहिर नै रहन्थे । पछि विस्तारै स–साना कुरामा पनि किचकिच गर्ने भए । मैले सोधे कि तिम्रो जीन्दगीमा अरु कोही छ कि भनेर, तर उनले सिधै अस्वीकार गरे ।’

जेम्स कामले गर्दा बाहिर जाँदा कैयौं दिनसम्म घर नफर्किने गर्न थाले । आफ्नो तनाव झन् बढेको उनको भनाइ छ । पटकपटक शंका लागेपछि एक साथीसँग सल्लाह गरेर भविष्यका लागि सही निर्णय लिनुपर्ने मोडमा पुगिन् । साथै उनले साथीलाई आफ्ना पतिका लागि जासूसका रुपमा काम गरिदिन अनुरोध गरिन् ।

जासूसले जेम्सको फोनबाट हरेक दिन एक महिलासँग कुराकानी हुने पत्ता लगाए । तर, उनलाई कसको नम्बर हो भन्ने जानकारी थिएन । निकै खोजबिन गरेपछि उनले कोही महिलासँग बसेको सबुत फेला पारिन् । 
उनले भनिन्, ‘साथीको सहयोगले अर्की महिलासँग बसिरहेको प्रमाण पाएपछि मैले जेम्सलाई भनेँ । कि म सँग बस कि त उही महिलासँग बस भनेर । तर, जेम्स मलाई छाड्न तयार थिएनन् । मैले ती महिलाको साथ मेरो पतिलाई पनि घरबाट निकालिदिएँ ।’

केही महिनापछि उनीहरु फेरि एकपटक भेटिए । महिलाले अघि भनेकी छन्, ‘मलाई थाहा छ कि मानिसहरु मलाई पागल भन्नेछन्, किनकी यस्तो पतिलाई फेरि किन भित्र्याइन् भनेर । तर, म सम्बन्ध सिध्याउन चाहन्नथेँ ।’

फेरि आफूहरुले डेटिङमा जान शुरु गरेको र त्यसपछि जेम्सले माफी मागिसकेपछि आफूहरु साथमा रहन लागेको पोर्टलमा महिलाले लेखेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्