१९ असार २०८३, शुक्रबार

प्रचण्ड–नेपाल समूह पार्टी एकताकै पक्षमा छ : योगेश भट्टराई

पुस १३, २०७७
प्रचण्ड–नेपाल समूह पार्टी एकताकै पक्षमा छ : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।

एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ छ ।

प्रेस संगठन नेपालले सोमवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे ।

निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरू विश्वस्त रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्