२७ जेठ २०८३, बुधबार

डा. महतको प्रश्न : कम्युनिस्टले गफ बेचिरहेका छन्, कांग्रेससँग विचार राम्रो भएर के गर्ने ?

डा. महतको प्रश्न : कम्युनिस्टले गफ बेचिरहेका छन्, कांग्रेससँग विचार राम्रो भएर के गर्ने ?

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले राम्रो विचार र कार्यक्रम भए पनि पार्टीले जनतालाई बुझ्न नसकेको बताएका छन् ।

उनले संसद पुनःस्थापना भए देश फेरि कम्युनिस्टको कुशासनमा फस्ने दाबी गरे ।

काठमाडौं क्षेत्र नम्बर ५ मा सोमवार आयोजित विरोध कार्यक्रममा नेता महतले कम्युनिस्ट सरकारले जनतालाई गफ बेचेर भ्रष्टाचारमा रमाइरहेको आरोप लगाएका हुन् ।

‘विचार राम्रो भएर पुग्दो रहेनछ, हाम्रो काम राम्रो हो भन्नु पर्दाे रहेछ । हाम्रो कार्यक्रम बेच्न जानिएन,’ महतले भने, ‘विश्वका ९० प्रतिशत देशमा चुनावबाट सरकार बन्छ, कहीँ पनि चुनावबाट कम्युनिस्ट आउँदैनन्, नेपालमा मात्र किन कम्युनिस्ट आउँछन् ? कतै हामीले राम्रो विचारको मार्केटिङ गर्न जानेनौं कि ?’

महतले सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्‍यो भने २ वर्ष कम्युनिस्ट शासन व्यहोर्नुपर्ने बताए । ‘पुनःस्थापना भएर अर्को सरकार आयो भने पनि फेरि कोही आएर राम्रो कुरा गर्नेछन्, काम केही हुने छैन । हाम्रो चासो र चिन्ता ओली सरकारले चुनाव गर्छ कि गर्दैन भन्ने हो । वैशाखमा भनेको चुनाव हुनुपर्‍यो,’ महतले भने, ‘जनताबाट अनुमोदन नभई शासन सत्तामा रहीरहने अधिकार छैन । चुनावलाई लम्ब्याएर सत्तामा बसिराख्ने दुस्साहस गरे हामी देशभर आन्दोलन गर्छाैं ।’

महतले निर्वाचनमा गयो भने नेपाली कांग्रेसको जीत निश्चित रहेको दावी गरे । ‘जबसम्म नेपालबाट कम्युनिस्टलाई पराजित गर्न सकिँदैन, नेपालमा समृद्धि कहिल्यै हुने छैन,’ महतले दावी गरे । 

salt training

कमेन्ट गर्नुहोस्