२८ जेठ २०८३, बिहीबार

लिम्पियाधुरा सहितको नक्सा अंकित सिक्का प्रचलनमा ल्याइने

पुस १४, २०७७
लिम्पियाधुरा सहितको नक्सा अंकित सिक्का प्रचलनमा ल्याइने

नेपाल सरकारले लिम्पियाधुरा र लिपुलेक सहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंकले नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउने भएको छ ।

नेपालको नयाँ नक्सासहितको सिक्का प्रचलनमा ल्याउन मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकलाई स्वीकृति समेत प्रदान गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले राष्ट्र बैंकले लिम्पियाधुरा र लिपुलेक सहितको नेपालको नयाँ नक्सा अंकित सिक्का टंकनको तयारी गरिरहेको जानकारी दिए । नापी विभागबाट लिम्पियाधुरा र लिपुलेक सहितको नेपालको नयाँ नक्सा लिने काम भइरहेको बताउँदै उनले सिक्का छाप्न बोलपत्र आह्वान गर्न आवश्यक प्रक्रिया शुरू भइसकेको स्पष्ट पारे ।

‘मुलुकको नयाँ नक्सा अंकित सिक्का छाप्न मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गरिसकेको छ । मन्त्रिपरिषद्को स्वीकृतिअनुसार १ रुपैयाँ दरको सिक्का ३० करोडवटा र २ रुपैयाँ दरका १० करोड वटा छाप्ने तयारी भइरहेको छ,’ सहायक प्रवक्ता पोखरेलले भने । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्