०७ साउन २०८३, बिहीबार

ओलीले घर-घरमा ल्याउने भनेको चुल्हो आफ्नै घरमा लगे होलान् – खनाल

ओलीले घर-घरमा ल्याउने भनेको चुल्हो आफ्नै घरमा लगे होलान् – खनाल

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले घर-घरमा ल्याउने भनिएको चुल्हो प्रधानमन्त्री केपी ओलीले आफ्नै घरमा लगेको आरोप लगाएका छन् ।

मंगलवार राजधानीमा आयोजित विरोध कार्यक्रममा बोल्दै खनालले केपी ओलीले घर-घरमा ल्याउने भनेको चुल्हो खै भनेर प्रश्न पनि गरेका छन् ।

'तीन वर्ष ओलीले गफ गफ हाँकेर बिताए,' खनालले भने, 'कहिले पानीजहाज भने, कहिले घरघरमा चुल्हो । खै चुल्हो ? ओलीले आफ्नै घरमा लगे होलान् ।'

उनले सरकारलाई धेरै पटक आफूहरूले सुझाव दिएको तर नसुनेको आरोप लगाए ।

'उनले हाम्रो सुझाव एकपटक पनि सुनेनन् । पूँजीवादी नीति र कार्यक्रम आए । बजेट ठीक ढंगले ल्याइएन । परिणाम स्वरूप यो तीन वर्षमा गफै गफ हाँकेर बित्यो,' खनालले भने, 'उखान र टुक्का हालेर देश चल्दैन ।'

खनालले मरिचमानले गरेजति पनि काम गर्न नसकेको भन्दै ओलीको आलोचना गरे ।

salt training

कमेन्ट गर्नुहोस्