२५ जेठ २०८३, सोमबार

शंकर पोखरेलको दावी– प्रतिनिधिसभा मात्र विघटन भएको हो, संविधान क्रियाशील छ

शंकर पोखरेलको दावी– प्रतिनिधिसभा मात्र विघटन भएको हो, संविधान क्रियाशील छ

प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रतिनिधि सभा विघटन भएपनि संविधान क्रियाशील रहेको बताएका छन् । प्रतिनिधि सभा विघटन भएपनि लोकतन्त्रका अन्य अवयवहरु क्रियाशील रहेको उनको भनाइ छ ।

‘लोकतन्त्रका सबै अवयव क्रियाशिल छन । जनअधिकार सम्पन्न संविधान क्रियाशील छ, मात्र प्रतिनिधिसभा विघटन भइ चुनाव घोषणा भएको न हो,’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेका छन् ।

संविधानमा नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कतिपयले संविधानमाथि हमला भएको भनेर टिप्पणी गरिरहेका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

salt training

कमेन्ट गर्नुहोस्