०३ असार २०८३, बुधबार

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ



मोरङको विराटनगर -१६ दक्षिण गेटबाट प्रतिबन्धित २० हजार भारतीय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका-९ जुट विकास बस्ने २५ बर्षीय लुकास राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका लुकासलाई उक्त प्रतिबन्धित नोट सहित फेला पारी पक्राउ गरेको हो ।
लुकासलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्