२१ जेठ २०८३, बिहीबार

बेलायतमा देखिएको ‘नयाँ भाइरस’ खतरनाक छैनः डा रवीन्द्र पाण्डे

बेलायतमा देखिएको ‘नयाँ भाइरस’ खतरनाक छैनः डा रवीन्द्र पाण्डे

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरसबारे डर  नमान्न अनुरोध गरेका छन् । ‘यो कोरोना भाइरस नै हो । अर्को नयाँ भाइरस हैन । भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहन्छ, त्यही क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्दछ  । उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० प्रतिशत बढी अर्थात १७०० जनालाई संक्रमण गराउन सक्छ ।’

यो भाइरसको मृत्युदर हामीकहाँ अहिले भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ । आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने हल्ला चलाइएपनि त्यसमा सत्यता नरहेको उनको भनाइ छ ।

‘यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो’,  उनले भने, ‘आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन  ।’
उनले अन्य व्यक्तिसँग भेट्दा मास्क सही तरिकाले लगाउने, भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा भेटघाट र बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि नसर्ने बताए ।
आफ्नो घरमा उपलब्ध पोसिला खाना खाने, घाममा बस्ने, दिउँसो व्यायाम गर्ने, तनाव नलिने, राति ८–९ घण्टा सुत्ने, मौसमी फलफुल खाने, औषधी सेवीले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने स्वास्थ्य र काम दुवै सँगै जाने उनको बुझाइ छ ।
जेष्ठ नागरिक तथा दीर्घ बिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो हुने भन्दै पाण्डेले गलत सूचना नै तनावको स्रोत भएकाले त्यसबाट टाढा रहन पनि सुझाएका छन् ।

पाण्डेको फेसबुक स्टाटस जस्ताको तस्तै

बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं | यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन | भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहहन्छ | त्यहि क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो | पुरानो कोरोना भाइरसभन्दा यो ७० % बढी सर्न सक्दछ | उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० % बढी अर्थात १७०० जनालाई संक्रमण गराउन सक्छ |
यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ | आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन | यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो |
अन्य व्यक्तिसंग भेट्दा मास्क सहि तरिकाले अनिबार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा भेटघाट / बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन |
आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो ब्यायाम गर्ने ( जाडोमा मर्निंग वाक नगर्नु राम्रो ), तनाब नलिने, राति ८-९ घण्टा सुत्ने, मौसमी फलफुल खाने, औषधिसेवीले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै संगै जानेछ |
जेष्ठ नागरिक तथा दीर्घबिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो |   
गलत सुचना नै तनाबको स्रोत हो | तसर्थ आधिकारिक समाचार मात्र हेर्ने / पढ्ने, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने तथा नकारात्मक समाचार नहेर्ने गर्नु नै तनाब कम गर्ने मुख्य उपाय हुन् |

salt training

कमेन्ट गर्नुहोस्