२५ असार २०८३, बिहीबार

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

विभाजित नेकपाको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित करीब २७ जना उपस्थित भएको एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई बताए ।

बैठकमा संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलन कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुँदैछ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी थिइन् ।

संसद विघटनपछि नेकपामा ओली र प्रचण्ड-नेपाल गरी दुई चीरा देखा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्