२२ जेठ २०८३, शुक्रबार

नागढुंगाबाट डेढ करोड नगदसहित २ जना पक्राउ

पुस २०, २०७७
नागढुंगाबाट डेढ करोड नगदसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार नगदसहित २ व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको हुण्डाई कारमा जाँचका क्रममा रकमसहित सोमवार बिहान २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा ३ वटा झोलामा लुकाएर ल्याएको रकमसहित २ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

‘उक्त रकम भारतबाट भारतीय रुपैया ल्याई नेपालको सीमा क्षेत्रमा पटक–पटक सटही गरेको अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता विष्टले भने । घटनामा प्रयोग भएको सवारीसाधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्