
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षीय नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सडकमा जनता नआएपछि प्रचण्डले छिमेकी गुहार्न थालेका आरोप लगाएका छन् ।
प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छविमा प्रश्न उठाएको सन्दर्भ कोट्याउँदै नेता पोखरेलले भने, ‘को सक्कली राष्ट्रवादी, को नक्कली भन्ने त व्यवहारमै देखिएको छ । सडकमा जनता नआएपछि प्रचण्डले छिमेकी गुहार्न थाल्नुभएको छ ।’
प्रचण्डको गृहजिल्ला चितवनमा आयोजित ओली पक्षीय भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले संसद विघटनविरुद्ध आन्दोलन गर्न खोज्दा जनता सडकमा नआएका दाबी गरे ।
नेता पोखरेलले ओलीको नेतृत्वमा संविधान निर्माण, नाकाबन्दीको सामना र विकासका काम अगाडि बढेका दाबी गरे ।