
स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन शनिवार सम्पन्न भएको छ ।
जगदम्बा स्टिल्स प्रा.लि.का नेशनल सेल्स मेनेजर पदम प्रसाइँको प्रमुख आतिथ्यमा भएको उक्त सभा सङ्घका अध्यक्ष रामशरण बरुवालको सभापतित्वमा भएको थियो ।
सभामा रिद्धिसिद्धि सिमेन्टका मेनेजर अनुज महत, आयोजक सङ्घका रामकृष्ण बखुन्छेँ, सत्यराम सुकुभटु, कृष्णप्रसाद कर्माचार्य, आरजु पाण्डे लगायतले बताएका छन् ।
सभाले रामकृष्ण बखुन्छेँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।