२९ असार २०८३, सोमबार

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी आगामी असारमा, आर्थिक रूपमा थप बलियो बन्दै चीन

पुस २७, २०७७
चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी आगामी असारमा, आर्थिक रूपमा थप बलियो बन्दै चीन

अर्को वर्ष अर्थात् २०७८ असार १७ गते चिनियाँ कम्युनिस्ट पार्टीले शतवार्षिकी समारोह मनाउँदैछ । 

पार्टी स्थापनाको सय वर्ष पुगेको यो अवसरलाई निकै धुमधामका साथ मनाउने योजना चीनले बनाइरहेको छ । चीनको राजनीतिक नेतृत्वले यस अवसरलाई थप सुमधुर बनाउनका लागि विगत १० वर्षदेखि अर्थतन्त्रलाई मजबूत बनाउँदै लगेको छ । 

सन् २०१० मा तत्कालीन राष्ट्रपति हु चिन्ताओले देशको कुल गार्हस्थ्य उत्पादन सन् २०२१ सम्ममा दुईगुणा बढ्नुपर्ने बताएका थिए । 

चीनको त्यो महत्त्वाकांक्षी लक्ष्यप्राप्तिमा कोरोनाभाइरस महामारीले खलनायकको भूमिका निर्वाह गरिदियो । तर चीनले कोभिड–१९ बाट मुक्त हुनका लागि असाधारण प्रयास गरेकाले अन्य देशमा जस्तो गरी मानिसहरूको मृत्यु पनि भएन अनि अर्थतन्त्र पनि बलियै रह्यो । 

अन्य देशको अर्थतन्त्र खुम्चिरहँदा चीनको अर्थतन्त्र चाहिँ सन् २०२० मा बढेकै छ । 

चीनमा निजी उपभोग सन्तोषजनक रूपमा बढ्दै गएको छ । दोहोरो परिचालनको नीति अपनाएर चीनले देशभित्रै सामान खपत गराउने नीतिलाई अघि बढाइरहेको छ । जुलाई महिनामा चिनियाँ कम्युनिस्ट पार्टीले शतवार्षिकी मनाउन लाग्दा थप आर्थिक सुधार देखिने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका छन् । 

चीनको निजी क्षेत्र नै अर्थतन्त्रको सबभन्दा बलियो आधार हो । चीनको प्रविधि र इन्टरनेट कम्पनीहरू बढ्दै गइरहेका छन् र तिनको महत्त्वाकांक्षा पनि चुलिँदै गएको छ । 

यसले गर्दा विदेशी लगानीकर्ताहरू चीनको बजारमा अपार सम्भाव्यता देखेर थप आकर्षित बनिरहेका छन् । 
 

अलीबाबा कम्पनीले अन्लाइन मार्केटिङमार्फत आक्रामक व्यापार गरिरहेको छ । उसले आफ्ना प्रतिस्पर्धीहरूलाई व्यापार गर्न नदिएको भन्दै सरकारले लगाम कसेको छ र अन्य निजी कम्पनीहरू झनै उत्साहित भएका छन् । 
 

मेइतुआन दियानपी नामक कम्पनीले अन्लाइन मार्केटिङको क्षेत्रमा विगत १० वर्षदेखि राज चलाइरहेको छ र उसको सम्पत्ति लगभग १८० अर्ब डलर छ । कम्पनीले आफ्नो अन्लाइन प्ल्याटफर्ममार्फत दिनको १ करोड खरिददारी गराउने लक्ष्य लिएको छ जुन चीन जस्तो ठूलो देशका लागि पनि निकै महत्त्वाकांक्षी देखिन्छ । 

अन्य क्षेत्रहरूमा पनि आर्थिक वृद्धिको प्रचुर सम्भावना देखिएको छ । त्यसैले धेरै लगानीकर्ताहरूले चिनियाँ कम्युनिस्ट पार्टी भव्य शतवार्षिकी मनाउन पूर्ण हकदार रहेको अनुभव गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्