
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूबीचको हैसियत समान रहेको बताएका छन् । मोदीजस्तै आफू पनि सार्वभौम देशको प्रधानमन्त्री रहेकाले दुबै देशका प्रधानमन्त्रीको हैसियत समान रहेको ओलीले प्रस्ट पारे ।
भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिँदै ओलीले भने, ‘मोदी ठूलो प्रधानमन्त्री, म सानो प्रधानमन्त्री होइन । प्रधानमन्त्री प्रधानमन्त्रीबीचको बराबरीको सम्बन्ध हो ।’
उनले मोदी आफूभन्दा जेठो भए पनि सार्वभौमिकता ठुलो–सानो नहुने बताए ।
उनले दुई देशबीच केही विषयमा बहस भइरहेको जनाउँदै बहस हुनुलाई नराम्रो अर्थमा लिन नहुने बताए ।