×

NMB BANK
NIC ASIA

नेकपा विभाजन

नेकपा विभाजनले पेचिलो बन्यो गुल्मीको राजनीति– प्रदीप ज्ञवाली र गोकर्ण विष्ट कसको शक्ति कति ?

माघ १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाका प्रभावशाली र जनतामाझ लोकप्रिय दुई नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृह जिल्ला हो, गुल्मी । प्रतिनिधि सभा विघटनपछि विभाजन भएको नेकपामा अहिले यी दुई नेता दुईतिर लागेका छन् ।

Muktinath Bank

ज्ञवाली नेकपा (ओली समूह) र विष्ट नेकपा (प्रचण्ड–नेपाल) समूहमा छन् । पूर्व एमाले पृष्ठभूमिका यी दुई नेता दुईतिर लाग्दा गुल्मीको राजनीति पेचिलो बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्ञवाली क्षेत्र नम्बर १ र विष्ट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएकाले यी दुईबीच सिधा चुनावी भिडन्त हुने देखिन्न, तर जिल्लाको राजनीतिमा यी दुईजना दुईतिर हुँदा ठूलै प्रभाव परेको अवस्था छ ।


Advertisment
Nabil box
Kumari

परराष्ट्रमन्त्री समेत रहेका ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् । त्यस्तै पूर्व मन्त्री विष्ट पूर्व प्रधानमन्त्री एवं नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपाल खेमामा छन् । ज्ञवालीलाई त ओलीले नेकपा विभाजनपछि आफ्नो समूहको प्रवक्ताको जिम्मेवारी दिइसकेका छन् ।  

Vianet communication
Laxmi Bank

ज्ञवाली र विष्ट दुवै विघटित प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रतिनिधि सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने मैना भण्डारी ओली पक्षमा खुलेकी छिन् भने गुल्मीबाटै राजनीतिमा स्थापित भएकी रामकुमारी झाँक्री प्रचण्ड–नेपाल समूहमा छिन् ।

अखिलको पूर्व अध्यक्ष समेत रहेकी झाँक्री अहिले देशव्यापी रूपमा पार्टीमा भेला र प्रशिक्षणमा सक्रिय छिन् । उनले प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिने गरेकी छिन् । 

प्रदेश सभा, प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय तहमा भने बहुमत सदस्य प्रचण्ड नेपाल समूहमा खुलेका छन् । 

प्रदीप ज्ञवाली बौद्धिक र केन्द्रमा राम्रो प्रभाव जमाएको नेता भए पनि गुल्मीमा गोकर्ण विष्टको लोकप्रियता उनीभन्दा माथि देखिन्छ ।

त्यसको संकेत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको परिणामबाट पनि मिल्छ । २०७४ को निर्वाचनमा माओवादीसँग समीकरण गरेर निर्वाचनमा जाँदा ज्ञवालीले २ हजार मतान्तरले कांग्रेसका युवा नेता चन्द्र भण्डारीलाई पराजित गरेका थिए भने विष्टको मतान्तर १५ हजार थियो । 

नेकपा विभाजित अवस्थामै चुनावमा गए गुल्मीमा बढी असर ज्ञवालीलाई पर्ने विश्लेषण कार्यकर्ताहरूले गर्न थालेका छन् । ओली पक्षमा लागेका नेताहरूको दाबी भने आफूहरू कमजोर नरहेको भन्ने छ ।

प्रदेश सांसदहरू को कता ?

लुम्बिनी प्रदेश सभामा गुल्मीबाट पाँचजना सांसदको प्रतिनिधित्व छ । तीमध्ये ४ जना प्रत्यक्ष र १ जना समानुपातिक हुन् । क्षेत्र नम्बर १ बाट (प्रदीप ज्ञवालीको क्षेत्र) बाट प्रदेश सभामा निर्वाचित कमलराज श्रेष्ठ ओली समूहमा र अर्का सांसद तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल प्रचण्ड–नेपाल समूहतर्फ छन् । श्रेष्ठ माधव नेपालनिकट नेता मानिए पनि नेकपा विभाजनपछि उनी ओली समूहतर्फ खुलेका हुन् । त्यस्तै बराल पूर्व माओवादी हुन् ।

त्यस्तै क्षेत्र नम्बर २ (विष्टको क्षेत्र) बाट खड्ग केसी ओली समूह र दिनेश पन्थी प्रचण्ड समूहतर्फ लागेका छन् । केसी पूर्व एमाले हुन् भने पन्थी पूर्व माओवादी हुन् । गुल्मीमा समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने अर्की महिला सांसद गीता थापा प्रचण्ड–नेपाल समूहतर्फ खुलेकी छन् । थापा पूर्व माओवादी हुन् । 

८ स्थानीय तहमध्ये ७ प्रमुख/उपप्रमुख प्रचण्ड नेपालतिर 

गुल्मीमा १२ वटा स्थानीय तहमध्ये ८ वटामा तत्कालीन एमाले र माओवादीले विजय हासिल गरेका थिए, जसलाई विभाजनअघिको नेकपा मान्न सकिन्छ । नेकपा विभाजनसँगै स्थानीय तहमा प्रमुख र उपप्रमुख पनि खुल्न थालेका छन् ।

मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष रीता खड्का, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट र उपाध्यक्ष बिमला केसी, मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा र उपाध्यक्ष देवा अर्याल, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र उपप्रमुख सीता भण्डारी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र उपप्रमुख कमला शर्मा, रूरू गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतम र उपप्रमुख लक्ष्मी पन्त प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।  

यद्यपि सूर्य चिह्न र पार्टी आधिकारिकताको टुंगो लाग्दा यसमा तलमाथि हुने सम्भावना भने देखिन्छ । 

छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र उपप्रमुख नर्मदा भण्डारी ओली समूहतर्फ लागेका छन् । पन्थ नेकपा विभाजनअगाडि पार्टी जिल्ला अध्यक्ष हुन् । सत्यवती, कालीगण्डकी, चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकामा कांग्रेस विजयी भएको थियो । 

जिल्ला कमिटी कुन समूहमा कति ?

एमाले र माओवादी एकीकरणपछि गुल्मीको नेकपा जिल्ला कमिटी १४६ सदस्यीय बनाइएको थियो । जिल्ला अध्यक्ष पूर्व एमाले र सचिव पूर्व माओवादीलाई हुने गरी कमिटी गठन भएको थियो । अहिले नेकपा विभाजनपछि बहुमत जिल्ला कमिटी प्रचण्ड–नेपाल समूहतर्फ खुलेका छन् । प्रचण्ड नेपाल तर्फ ९५ र ओलीतर्फ ५१ जना खुलेको अवस्था छ ।

प्रदेश कमिटी कति कुन समूहमा ?

गुल्मीमा नेकपामा प्रदेश कमिटी सदस्य १९ जना छन् । तीमध्ये ११ जना प्रचण्ड नेपाल र ८ जना ओली समूहमा खुलेका छन् । 

त्यस्तै स्थानीय तहका कमिटी र क्षेत्र नम्बरसहित गठन भएका १७ कमिटीमध्ये १३ वटा कमिटीको नेतृत्व प्रचण्ड–नेपाल र ४ वटा कमिटीको नेतृत्व ओली समूहतर्फ लागेको अवस्था छ ।

जिल्लाका कुन नेता कता ?

४९ सदस्यीय जिल्ला सचिवालयमा ३० जना प्रचण्ड–नेपाल र १९ जना ओली समूहतर्फ खुलेका छन् । त्यस्तै वीरबहादुर कार्की, बुद्धि जिसी, भुपाल पोखरेल, गणेश श्रीपाली, हिरा एसी र सोमनाथ सापकोटा प्रचण्ड–नेपाल समूहतर्फ छन् भने बालसिंह काउचा, कृष्ण सुनार, हरि पोखरेल, हिमाल श्रेष्ठ, कृष्ण घिमिरे र राजेन्द्र अर्याल ओली समूहतर्फ छन् । 

के भन्छन् जिल्ला नेताहरू ?

प्रचण्ड–नेपाल समूहमा लागेका गणेश श्रीपालीले गोकर्णको आफ्नो निर्वाचन क्षेत्रका पूर्व एमालेहरू ८५ प्रतिशत प्रचण्ड–नेपाल समूहमा रहेको दाबी गरे । उनले भने, ‘जेसुकै भए पनि गोकर्णलाई निर्वाचनमा कुनै असर गर्दैन ।

उहाँ कहिल्यै हार्ने नेता होइन । लोकप्रिय नेताका कार्यकर्ताहरू कतै जाँदैनन्, त्यसमाथि पूर्व माओवादीहरू ओली समूहतर्फ गएका छैनन् ।’ प्रदीप ज्ञवालीको क्षेत्रमा पूर्व एमाले दुवै समूहमा बराबर रहेको श्रीपालीको भनाइ छ । माओवादी खेमा मिसिँदा प्रचण्ड–नेपाल नेपाल समूह त्यहाँ पनि बलियो हुने उनको दाबी छ । 

त्यस्तै ओली समूहका नेता बालसिंह काउचाले गुल्मीमा ओली समूह पनि बलियो अवस्थामा रहेको बताए । उनले भने, ‘गुल्मीका ज्ञवाली र विष्ट दुवै लोकप्रिय नेता हुन् । दुवैजनालाई लोकप्रिय पार्टीले नै बनाएको हो । हामी नेता–कार्यकताहरू व्यक्तिको पछाडिभन्दा पनि माउ पार्टीप्रति बफादार हुनुपर्छ । कार्यकर्तामा हामी धेरै नजिक र बहुमतका साथ छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x