
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ३ जना सांसदले सो हस्ताक्षर फिर्ता लिएका छन् ।
प्रदेशसभा सदस्यहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । उनीहरुले हस्ताक्षर फिर्ता लिएको भन्दै प्रदेशसभा सचिवालयका सचिवलाई जानकारी गराएका छन् ।
उनीहरुले दिएको निवेदनमा पु्स १२ गते मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आफूहरुको समेत हस्ताक्षर रहेकोमा अहिले आएर नेकपाकै सरकारविरद्ध अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नठानेर फिर्ता लिएको उल्लेख गरिएको छ ।
