चीनका अर्बपति व्यापारी ज्याक मा महिनौंपछि पहिलोपटक सार्वजनिक रूपमा उपस्थित भएका छन् ।
तियानमु न्युज नामक झजियाङ सरकारको आधिकारिक पत्रिकाको अन्लाइन संस्करणमा अलीबाबा कम्पनीका मालिक माको भिडियो बुधवार सार्वजनिक भएको हो ।
झजियाङ प्रान्तको हाङ्चोमा अलीबाबाको केन्द्रीय कार्यालय छ ।
मा गत अक्टोबर महिनादेखि सार्वजनिक रूपमा देखिएका थिएनन् । उनी गायब भएको एक हप्तापछि अलीबाबाको शाखा कम्पनी यान्ट ग्रूप शांघाई र हङकङको स्टक एक्सचेन्जमा सूचीकृत हुन लागेको थियो ।
तर अन्तिम समयमा चिनियाँ नियामकहरूले आईपीओ ब्लक गरिदिएका थिए । बेइजिङले ठूला प्रविधि कम्पनीहरूमाथि नियन्त्रण कसिरहेको छ ।
Jack Ma Yun, the English teacher turned entrepreneur and former executive chairman of #Alibaba, showed up at a rural teacher-themed social welfare event via video link on Wed, his first public appearance since Alibaba came under tougher regulatory scrutiny.https://t.co/VXywPHEeyv pic.twitter.com/DKCXhASIhu
— Global Times (@globaltimesnews) January 20, 2021
तियानमु न्युजको भिडियो बुधवार बिहान खिचिएको हो । त्यसमा मा ग्रामीण चीनका अनेकौं शिक्षकहरूसँग कुराकानी गरिरहेका देखिन्छन् ।
मा पूर्व अंग्रेजी शिक्षक हुन् र उनले आफ्नो कम्पनीको प्राथमिकतामा शिक्षालाई राखेका छन् । अनि अलीबाबाबाट सेवानिवृत्त भएपछि उनी परोपकारी काममा होमिएका छन् ।
महामारी अन्त्य भएपछि ाहमी फेरि भेट्नेछौं, माले भिडियोमा बोलेको सुनिन्छ ।
भिडियो प्रसारण भएपछि अलीबाबाको हङकङ शेयर ६ प्रतिशतले बढेको छ ।
एजेन्सी