०२ साउन २०८३, शनिबार

सबै नेपालीलाई समयमै गुणस्तरीय खोप निःशुल्क उपलब्ध गराउँछौं– अर्थमन्त्री पौडेल

सबै नेपालीलाई समयमै गुणस्तरीय खोप निःशुल्क उपलब्ध गराउँछौं– अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई समयमै निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

निःशुल्क खोपको प्रतिबद्धताबाट सरकार पछि नहट्ने पौडेलले बताए । 

‘हिजो हामीले निःशुल्क खोप उपलब्ध गराउँछौ भन्दा केही मान्छेले पत्याउँदैन थिए । हामी गुणस्तरीय खोप सबै नेपालीलाई समयमै निःशुल्क उपलब्ध गराउने तयारीमा छौं,’ बिहीवार नेकपा ओली समूह समर्थित प्रेस संगठनको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री पौडेलले भने । 

नेकपा महासचिव समेत रहेका पौडेलले तोकिएको मितिमै निर्वाचन हुने र केपी ओली नेतृत्वको पार्टीले बहुमत ल्याउने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्