राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ती जनाएका छन् ।
अध्यक्ष थापाले शनिवार एक ट्वीट गर्दैमा अध्यक्ष प्रचण्डको अभिव्यक्तिमा आपत्ती जनाएका हुन् ।
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तल्लो स्तरको टिप्पणी गरेको भन्दै आपत्ती जनाएका हुन् ।
उनले भनेका छन्,'हिजोको सभामा दुईपटक प्रम भएका प्रचण्डले पुर्व राष्ट्रप्रमुख,लाखौं जनताको आस्था/बिश्वासको धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादित रूपमा प्रस्तुत गर्नुभयो,त्यसले प्रचण्डको हतास/विचलित मानसिकतालाई प्रदर्शित गरेको छ । प्रचण्डको निचतापूर्ण व्यवहारको निन्दा गर्दछु ।'
हिजोको सभामा दुईपटक प्रम भएका प्रचण्डले पुर्वराष्ट्रप्रमुख,लाखौं जनताको आस्था/बिश्वासको धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादितरूपमा प्रस्तुत गर्नुभयो,त्यसले प्रचण्डको हतास/विचलित मानसिकतालाई प्रदर्शित गरेकोछ।प्रचण्डको निचतापूर्ण व्यवहारको निन्दा गर्दछु
— Kamal Thapa (@KTnepal) January 23, 2021
लोकान्तर संवाददाता