२१ असार २०८३, आइतबार

भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

माघ १०, २०७७
भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

भारतमा कोभिड–१९ सङ्क्रमणपछि निको हुने विरामीको दर ९६.८२ प्रतिशत रहेको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।

अहिलेसम्म भारतमा कूल एक करोड तीन लाख ८३८ कोभिड–१९ सङ्क्रमित विरामी निको भई घर फर्किएका छन् भने एक लाख ८५ हजार ६६२ विरामी स्वास्थ्यकर्मीको निगरानीमा रहेका मन्त्रालयले उल्लेख गरेको छ ।

कोभिड–१९ सङ्क्रमितहरू निको भई घर फर्किने क्रम निरन्तर बढिरहेकोले देशमा सक्रिय सङ्क्रमितका सङ्ख्यामा पनि कमी आएको छ ।भारतभर विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १४२५६ रहेको छ । यो अवधिमा निको भई घर फर्किने विरामीको सङ्ख्या १७ हजार १३० रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्