श्रीमतीको हत्या हुँदा श्रीमानले प्रहरीमा खबर गरेनन्, खाल्डो खनेर पुर्न लाग्दा पक्राउ

अरुको कुटपिटबाट मृत्यु भएकी पत्नीको शव लुकाउन खोज्दा बारा श्रीपुरका रवि चौधरी सोमबार पक्राउ परेका छन् । उनले पत्नी बबिता चौधरीको शव जलाउन नसकेपछि खाल्डो खनेर पुर्न खोजेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । बबितालाई कुटपिट गर्ने गौशालाकी अनु थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

घटनाक्रमअनुसार शुक्रबार बबिताले मोबाइल चोरी गरेकी थिइन् । अनुले केही साथीसहित बबितालाई कुटपिट गरेकी थिइन् । प्रहरीले यति ठूलो घटना हुँदा पनि किन रविले प्रहरीमा खबर गरेनन् भन्नेविषयमा चासो राख्दै घटनाबारे अनुसन्धान सुरु गरेको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।


Advertisement

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्