०३ असार २०८३, बुधबार
वामदेवको बाटो

वामदेवको नेकपा एकता अभियान: वडासम्म नै संगठन, अध्ययनका लागि जबजसहित ६ दस्तावेज [अवधारणापत्र]

वामदेवको नेकपा एकता अभियान: वडासम्म नै संगठन, अध्ययनका लागि जबजसहित ६ दस्तावेज [अवधारणापत्र]

विभाजन अघिको नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) 'राष्ट्रिय एकता अभियान' घोषणा गरेका छन् ।

अभियानको केन्द्रीय समन्वय समिति अधिकतम ६ सय ५१ सदस्यीय हुने र १ सय ७५ सदस्यीय कार्यसम्पादन समिति बनाउने गरी संगठनात्मक संरचना तय गरिएको अभियानको अवधारणा पत्रमा उल्लेख छ ।

दैनन्दिन कामका लागि केन्द्रीय सचिवालय निर्माण गरिने भएको छ ।

सबै स्थानीय तहको प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्वय समिति, ५१ सदस्यीय स्थानीय तह समन्वय समिति र १८ सदस्यीय वडा समन्वय समिति बनाउने गरी संगठनात्मक संरचना तय भएको अवधारणा पत्रमा उल्लेख छ । 

सबै समितिमा संयोजक, सह-संयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरू रहनेछन् ।

अभियानले अध्ययनका लागि भनेर सैद्धान्तिक दस्तावेजहरू पनि तय गरेको छ ।

जनताको बहुदलीय जनवादको तुलनात्मक अध्ययन, एक्काइसौं शताब्दीको कम्युनिस्ट पार्टी लगायत ६ दस्तावेज अध्ययनका लगि छानिएको अवधारणा पत्रमा उल्लेख छ ।

अभियानको मुख्य काम नेकपालाई पुन: एकीकरण गराउन पहल गर्ने रहेको अवधारणा पत्रमा उल्लेख छ ।

प्रत्येक टोलमा एकता पक्षधरको भेला गरी विभाजनबाट हुने क्षतिबारे जानकारी गराउने उद्देश्य पनि अभियानले लिएको छ ।

हेर्नुहोस्, अवधारणा पत्र :

salt training

कमेन्ट गर्नुहोस्