२२ असार २०८३, सोमबार

ट्रम्पविरुद्धको महाअभियोगको सुनुवाइ गर्न नदिन ४५ रिपब्लिकनले गरे मतदान

माघ १४, २०७७
ट्रम्पविरुद्धको महाअभियोगको सुनुवाइ गर्न नदिन ४५ रिपब्लिकनले गरे मतदान

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध दोस्रोपटक लागेको महाअभियोगलाई टुंगोमा पुग्न नदिनका लागि ४५ रिपब्लिकन सिनेटरहरूले सुनुवाइ शुरू हुनुअघि नै त्यसविरुद्ध मतदान गरेका छन् । 

तर ५५ जना सिनेटरले सुनुवाइ अघि बढाउन मत दिएका छन् । सुनुवाइ त शुरू भएको छ तर डेमोक्रेटहरूले महाअभियोग पारित गराउनका लागि ६७ मत ल्याउन निकै मुश्किल देखिन्छ । 

गत जनवरी ६ मा संसद् भवनमा भीडलाई आक्रमण गर्न उक्साएको आरोपमा ट्रम्पलाई तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले महाअभियोग लगाएको थियो । सिनेटरहरूले मंगलवार उनीविरुद्धको महाअभियोगको सुनुवाइ थाले । 
 

केन्टकीको प्रतिनिधित्व गर्ने सिनेटर र्‍यान्ड पलले सुनुवाइको वैधतालाई चुनौती दिए । 

ट्रम्प राष्ट्रपति नरहेकाले उनीमाथि महाअभियोग चलाउँदा संविधानको उल्लंघन हुने पलको तर्क छ । 

सुनुवाइका लागि मत दिने पाँचजना रिपब्लिकनहरू ट्रम्पका पहिलेदेखिका आलोचक हुन् । माइनकी सुसन कोलिन्स, अलास्काकी लिसा मुर्कोव्स्की, युटाहका मिट रोम्नी, नेब्रास्काका बेन सास्से र पेन्सिल्भेनियाका प्याट टूमीले ट्रम्पविरुद्ध मत दिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्