×

NMB BANK
NIC ASIA

१६ घन्टापछि निभ्यो आगो, गाउँ सखाप, २६ घर जले, १६७ जनाको बिचल्ली

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जुम्ला : तिला गाउँपालिका–७ गोठीगाउँमा मंगलबार साँझ आगलागी हुँदा २६ घर जलेर नष्ट भएका छन् । चार, पाँच वटा घर मात्रै जोगिएका छन् । उक्त घटनाका कारण १ सय ६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा मरेका छन् । १ लाख ५० हजार नगद जलेको छ । सँगै धेरै खरायो, कुखुरा मरेको जानकारी स्थानीयले दिएका छन् ।

Muktinath Bank

एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायले बताए । ‘सबै चिज हेर्दाहेर्दै आँखै अगाडि जल्यो । गोठमा भएका गाईगोरु पनि भित्रै मरे ।भेँडा, बाख्रा, कुखुरा, खरायो पनि भित्रै मरे । अन्न पात पनि सबै जल्यो । अब त न खाने गाँस छ न बस्ने बास छ न लगाउने लत्ताकपडा छ’, उनले भने, ‘बस्ती एक्लै भएकाले अरू गाउँमा बस्न जान पनि सम्भव छैन । चिसो धेरै छ, बालबच्चालाई कसरी पाल्ने बिजोग भएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भीम रोकायको घरमा लागेको आगो एक घण्टामै गाउँभरि फैलिएको स्थानीय बताउँछन् । स्थानीय परेल रोकायका अनुसार एक्कासि ‘आगो’ ‘आगो’ भन्ने आवाज आएपछि आफू घरबाहिर निस्किँदा आगोको मुस्लो देखिएको बताए । आफूले गाउँले बोलाउँदा बोलाउँदै आगो गाउँभरि फैलिएको जानकारी उनले दिए ।


Advertisment
Nabil box
Kumari

१६ घण्टाको अथक प्रयासपछि आगो बुधबार बिहान ११ बजे मात्र आगो नियन्त्रणमा आएको खलंगा बजारका प्रहरी निरीक्षक नवीन थापामगरले बताए । खलंगाबाट प्रहरी निरीक्षक मगरको कमान्डमा १५ र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा तीन र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा तीन जनाको टोली परिचालन भएका थिए । आगलागी भएको एक घण्टापछि घटना थाहा पाएर टोली तयार गरी आउँदा पनि राति ९ बजे मात्रै अग्निनियन्त्रक टोली घटनास्थल पुगेको थियो । तर, आगो गाउँभरि फैलिएको आगो निभाउन गाह्रो भएको उनले बताए ।

Vianet communication
Laxmi Bank

घरका छाना काठका र छानाभित्र घास राखेकाले आगो फैलिएको जनाइएको छ । गाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको पाइएको छ  ।

भौगोलिक विकटताका कारण स्थानीय प्रशासनले राहत पीडितसम्म पु¥याउन सकेको छैन । प्रदेश सरकारले हेलिकप्टरमार्फत राहत पुर्‍याउने भनेपछि त्यसमै जिल्लाको राहत लैजाने तयारी गरेकोमा हेलिकप्टरले उडान लिनै सकेन । जुम्लाका  प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बिहीबार हेलिकप्टर नआए पैदल गएर भए पनि राहत पुर्‍याउने जानकारी दिए । अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाश उपाध्यायले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x