पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यववस्थित बसोबासीको लगत संकलन प्रक्रिया शुरू भएको छ ।
भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगत्तै सो प्रक्रिया शुरू भएको हो ।
त्यसका लागि नगरभित्रको १०७ टोल विकास संस्थाबाट गणक छनोट गरी उनीहरूलाई आवश्यक परामर्श प्रदान गरिएको छ ।
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले भूमिसम्बन्धी समस्या समाधानका लागि सैनामैनामा सबै पक्षसँग आवश्यक परामर्श गर्दै आएको बताए । भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा आवाद कमाइ गरेको जग्गा पाउन आयोगले प्रक्रिया शुरू गरेकाले नगरले काम गरिरहेको जानकारी दिए ।
‘नगरस्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति, वडास्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति सबै गठन गरी तीव्र रूपमा काम अगाडि बढाएका छौं,’ प्रमुख कार्कीले भने ।
नगरपालिकाले भूमिसम्बन्धी समस्या समाधान इकाइ कार्यालयको संयोजकमा सैनामैनाका अधिकृत प्रमोद खनाललाई तोकेको छ भने अधिकृत रामप्रसाद भट्टराई, सन्तकुमार चौधरी र केशवराज अर्याल नगरस्तरीय कार्यालयबाट खट्नेछन् ।
नगरपालिकामा काम गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले विक्रम संवत् २०७७ माघ ९ गते प्रथम पटक सूचना प्रकाशित गरिसकेको छ । आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति २०७७ फागुन १३ गतेभित्र वडा कार्यालयमार्फत घरदैलोमा खटिएका लगत संकलन वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लेखित विवरणलाई पुष्टि गर्ने प्रमाण वा कागजात सिधैं पेश गरिसक्नुपर्नेछ ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले आफ्नो काम अगाडि बढाएसँंगै स्थानीयमा उत्साह थपिएको सैनामैनाका थारु अगुवा तथा समाजसेवी खुशीराम चौधरीले बताए । आयोगले सूचना गरेसँगै आफूहरू दिनरात जनताको घरघरमै गएर आयोगले दिएको सूचना अनुसार लगत भर्ने विषयमा बताउँदै आएको वडाध्यक्ष बेल्बासेले बताए ।
उनले सबै वडावासीलाई आवश्यक समन्वय गर्दै आएको समेत जानकारी दिए । लगत संकलन कसरी गर्ने र कस्ता व्यक्तिका लागि कुन प्रकारको फारम भर्ने भन्ने विषयमा नगरपालिकाले आवश्यक ज्ञान र सहजीकरण गरिरहेको सैनामैनाका गणकको रूपमा छनोट भएका धनश्याम खनालले बताए ।
सैनामैनाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल र नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले लगत संकलन सम्बन्धी प्रशिक्षण दिँदै आएका छन् । ११ वडा रहेको नगरपालिकामा करीब ६० प्रतिशत जग्गा सुकुम्वासी तथा अव्यवस्थित रहेको बताइएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...