२१ जेठ २०८३, बिहीबार

२५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न ब्रोकर कम्पनीलाई निर्देशन

२५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न ब्रोकर कम्पनीलाई निर्देशन

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई २५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न निर्देशन दिएको छ।

बोर्डले बिहीवार ५० वटै ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताहरूबाट अग्रिम रुपमा २५ प्रतिशत रकम लिएर मात्रै शेयर किन्न निर्देशन दिएको धितोपत्र बोर्डले जनाएको छ ।

यसअघि ब्रोकर कम्पनीले २५ प्रतिशत अग्रिम रकम लिन पाउने व्यवस्था रहेको भएपनि उनीहरूले उक्त रकम लिने गरेका थिएनन्। बजारको जोखिमलाई मध्यनजर गर्दै अब भने शेयर किन्दा अनिवार्य लगानीकर्ताबाट २५ प्रतिशत अग्रिम रकम लिनै पर्ने भन्दै बोर्डले निर्देशन दिएको हो।  

बिहीबार नै बोर्डले ब्रोकर कम्पनीलाई दोस्रो निर्देशन दिएको छ। बिक्री गरेको शेयरको राफसाफ अनिवार्य टि प्लस टु मा सक्न अर्को निर्देशन दिएको हो। 

यसअघि लगानीकर्ताले बिक्री गरेको शेयरको भुक्तानी पाउन ढिलाइ भएको गुनासो गर्दै आएका थिए।  

salt training

कमेन्ट गर्नुहोस्