२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओली चितवनमा, नेकपाको जनसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओली चितवनमा, नेकपाको जनसभालाई सम्बोधन गर्ने

विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली चितवन पुगेका छन् ।

चितवनमा प्रधानमन्त्री ओलीले शनिवार सिटी हलको शिलान्यास, सडक उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुँदैछन् ।

उद्घाटन र शिलान्यास कार्यक्रम सकिएपछि ओली नेकपाले आयोजना गरेको जनसभामा सहभागी हुँदैछन् ।

केन्द्रीय बस टर्मिनलमा जनसभाको आयोजना गरिएको छ । सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभाकी सदस्य एवं नेकपा नेतृ पार्वती रावलले जानकारी दिइन् ।

यसअघि प्रधानमन्त्री ओली धनगढी र दाङमा भएको जनसभामा सहभागी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्