२१ जेठ २०८३, बिहीबार

किसानको भाेक हड्ताल, दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध

माघ १८, २०७७
किसानको भाेक हड्ताल, दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध

किसानले भोक हड्तालकाे शुरू गरेपछि भारतको दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको छ । 

शान्ति सुरक्षाका लागि भन्दै किसानले पक्कड जमाएका दिल्लीका तीन क्षेत्रलाई लक्षित गरी इन्टरेनटमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

भोक आन्दोलनरत किसानहरुलाई लक्षित गरेर दिल्लीको सिङ्घु, गाजीपुर र टिक्रीमा मोबाइल इन्टरनेटमा बन्द गरिएको हो । आज मध्यरातसम्म नै मोबाइल इन्टरनेटमा प्रतिबन्ध लाग्ने त्यहाँको सरकारले जनाएको छ । 

भारत सरकारले ल्याएको कृषिसम्बन्धी नयाँ कानुन फिर्ता लिनुपर्ने भन्दै लामो समयदेखि किसान आन्दोलनमा छन् । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्ने गरेर सरकारले ल्याएको कानुनले आफूहरुलाई विस्थापित गर्ने किसानको गुनासो छ । 

salt training

कमेन्ट गर्नुहोस्