
पछिल्लो समय नेपाली चलचत्रिका नाम पनि निकै गज्जबका जुर्दै गएका छन् । युनिक नाम र कथावस्तु राखेपछि दर्शक हलमा तान्न सकिन्छ भन्ने मानसिकताका कारण निर्माता–निर्देशकहरु नाम जुराउन निकै मिहेनत गर्छन् ।
हालै अर्को रमाइलो नाम ‘इन्द्रेको बाउ चन्द्रे’ दर्ताका लागि चलचित्र विकास वोर्डमा दर्ता गरिएको थियो । तर, उक्त नाम परिवर्तन गरेर ‘श्री’ राखिएको छ । यो नाम किन परिवर्तन गरियो भन्ने कारण बाहिर नआएपनि विकास वोर्डले अर्को नाम राख्न सुझाएको थियो । सोहि अनुरुप चलचित्रका निर्माता तथा निर्देशक एभरेष्ट सुर्य बोहराले ‘श्री’ राखेका हुन् ।
यो चलचित्र असोज ६ गते चलचित्र विकास वोर्डमा दर्ता भएको छ । तर, इन्द्रको बाउ चन्द्रे भने साउन २५ मा दर्ताका लागि वोर्डमा निवेदन परेको थियो । यो चलचित्र कहिले छायांकनमा जान्छ त्यो खबर प्राप्त भइसकेको छैन ।