३० जेठ २०८३, शनिबार

मुलुकमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भयो: कमल थापा

मुलुकमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भयो: कमल थापा

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तन पश्चात् मुलुक लोकतन्त्रको नाममा सर्बसत्ताबाद तर्फ उन्मुख भएको बताएका छन् । राप्रपा प्रयास महासंघले आज आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा राजसंस्था र हिन्दुत्वको धरातलमा उभिएर  मुलुकमा आर्थिक,सामाजिक,राजनितिक, सांस्कृतिक रुपान्तरण गर्न चाहन्छ भन्दै भ्रष्टाचार ,बेरोजगारी,धर्मपरिबर्तको अन्त्यको निमित्त अहिले बुलन्द आवाजको आवश्यकता भएको बताए।

सर्वोच्चमा विचाराधीन बिषय माथि दबाब र प्रभाव अनुचित हुने जनाउँदै थापाले सडक प्रदर्शन र वक्तव्यबाजी असान्दर्भिक भएको समेत उल्लेख गरे। राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानू र जनमतको वृद्धिलाई सकारात्मक उपलब्धि ठान्नुपर्ने भन्दै थापाले प्रवासमा पनि पार्टीको सकृय सदस्यता अभियानलाई सघन रुपमा अघि बढाउन आग्रह गर्दै प्रवासबाट महाधिवेशनमा सहभागिताको सुनिश्चित भएकोमा बधाई सहित खुशी प्रकट गरे।

कार्यक्रममा प्रवास संगठनका नेताहरु प्रेमकुमार श्रेष्ठ , लोक तिवारी लगायत विभागका प्रमुख बिजय खड्काले समेत धारणा राखेका थिए। बैठकमा २६ देशका प्रतिनिधिहरुको सहभागिता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्