२२ असार २०८३, सोमबार

नेकपा विभाजित भएसँगै प्रेस संगठनमा पनि जिम्मेवारी हेरफेर, कहाँ को चयन गए ?

नेकपा विभाजित भएसँगै प्रेस संगठनमा पनि जिम्मेवारी हेरफेर, कहाँ को चयन गए ?

ओली समूह निकट प्रेस सङ्गठन नेपालले विभिन्न प्रदेशका लागि इञ्चार्ज, संयोजक र सहसंयोजक पदमा हेरफेर गरेको छ । सो सङ्गठनको यही माघ ८ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले दिएको कार्यादेशअनुरुप केन्द्रीय संयोजक गणेश बस्नेतले आज पुनर्गठन गरेका हुन्।

सङ्गठनको नयाँ जिम्मेवारीअनुसार प्रदेश –१ को इञ्चार्जमा लीलाराज भट्टराई, संयोजकमा गणेश पोखरेल, सहसंयोजकमा हरिकुमार राई र नुतन श्रेष्ठ, प्रदेश–२ मा इञ्चार्ज लालबाबु शेख, सहइञ्चार्जमा ईश्वरी काफ्ले, संयोजकमा फणि महत, सहसंयोजक धर्वेन्द्र झा र किरण कर्ण भएका छन् । यस्तै बागमती प्रदेशमा इञ्चार्ज  हिरामान लामा, सहइञ्चार्ज देवचन्द्र भट्ट, संयोजक  शरद सापकोटा, सहसंयोजक  शिशिर सिंखडा र प्रकाश दाहाल, गण्डकी प्रदेशमा इञ्चार्ज रामकृष्ण शर्मा, सहइञ्चार्ज श्याम कुँवर, संयोजक शुष्मा पौडेल, सहसंयोजक विद्रोही गिरी, सहसंयोजक रुद्र श्रीश मगर चयन भएका छन् ।

लुम्बिनी प्रदेशमा इञ्चार्ज सविन प्रियाशन चौधरी, सहइञ्चार्ज रुद्र सुवेदी, संयोजक शोभाखर पन्थी, सहसंयोजक प्रदीप आचार्य र पार्वती पाण्डे कर्णाली प्रदेशमा इञ्चार्ज वीरबहादुर गिरी, सहइञ्चार्ज विष्णु शर्मा, संयोजक नरेश भण्डारी सहसंयोजक  त्रिभुवन बिसी र कालिबहादुर मल्ल भएका छन् ।

 सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज हेमन्त पौडेल, संयोजक कृष्ण ओली, सहसंयोजक करण ताम्राकार,  काठमाडौँ उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, संयोजक राजीव सिलवाल, सहसंयोजकमा लोकेन्द्र केसी र राजु सुवेदी भएका छन् ।
    
 प्रतिष्ठानमा इञ्चार्ज हरिबल्लभ नेपाल, संयोजक मोहन बाँस्तोला र सहसंयोजक सरोज ढुंगेल तथा एशोसियटमा इञ्चार्ज रामेश्वर कार्की, संयोजक  समीर बलामी र सहसंयोजक श्रीहरी थापा चयन भएका छन् । केन्द्रीय सहसंयोजक चयन हुन बाँकी छ । सङ्गठनले अब जिल्ला समिति  पुनःगठन गर्ने र चाँडै केन्द्रीय सदस्य पनि विस्तार गर्ने जनाइएको छ ।
नेकपा विभाजित भएसँगै प्रेस संगठन पनि विभाजित बनेको छ । ओली निकट प्रेस संगठनकाे भेलाले महेश्वर दाहाललाई संयोजकबाट हटाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्