३० असार २०८३, मंगलबार

आज भारतको नयाँ बजेट, ट्याबलेटबाट बजेट भाषण

माघ १९, २०७७
आज भारतको नयाँ बजेट, ट्याबलेटबाट बजेट भाषण

छिमेकी देश भारतले सोमबार आर्थिक वर्ष २०११–२२ को बजेट ल्याउँदैछ । भारतकी बित्तमन्त्री निर्मला सीतारमणले कागजबिहीन अर्थात ट्याबलेटबाट बजेट भाषण गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रविधिमैत्री बन्दै भारत सरकारले पहिलोपटक पेपरलेस बजेट भाषण गर्न लागेको हो ।

बीबीसी हिन्दीका अनुसार सीतारमण  र बित्त राज्यमन्त्री अनुराग ठाकुर केन्द्रीय बजेट पेश गर्नका लागि मन्त्रालय पुगिसकेका छन् । बजेट भाषण हुँदैगर्दा सबै सांसदहरुलाई पनि डिजिटल कपी वितरण गरिएको छ ।
भारत सरकारले कोरोनाबाट थपिएको अर्थतन्त्रलाई पुनर्ताजगी दिनेगरी बजेट ल्याउन लागेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्